Kathmandu Press

न्यायाधीश पत्नीद्वारा सर्वोच्च अदालतबाहिर आत्मदाह प्रयास

सर्वोच्च अदालतको गेटबाहिर उनले मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् । शरीरमा मट्टितेल खन्याएको देखेपछि उनलाई प्रहरीले रोकेको थियो।
न्यायाधीश पत्नीद्वारा सर्वोच्च अदालतबाहिर आत्मदाह प्रयास
Hardik ivf

काठमाडौं, पुस २९ : पत्नीविरुद्ध घरेलु हिंसा र वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले सर्वोच्च अदालतबाहिर आत्मदाहको प्रयास गरेकी छन्।

सर्वोच्च अदालतको गेटबाहिर उनले मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् । शरीरमा मट्टितेल खन्याएको देखेपछि उनलाई प्रहरीले रोकेको थियो।

न्यायाधीश गिरीविरुद्ध उनले वैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी छन्। उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर सुरक्षित राखेको छ। 
 
प्रकाशित मिति: १४:१८ बजे, आइतबार, पुस २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्