Kathmandu Press

नारायणगढ-मुग्लिन सडक खण्ड आइतबार र सोमबार चौबिसै घण्टा खुला

माघी, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर उक्त सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको मुग्लिन–नागढुंगा आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिए।
नारायणगढ-मुग्लिन सडक खण्ड आइतबार र सोमबार चौबिसै घण्टा खुला

चितवन, पुस २९ : चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड आइतबार र सोमबार चौबिसै घण्टा खुला गरिएको छ। 

माघी, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर उक्त सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको मुग्लिन–नागढुंगा आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार दुई दिन काम रोकेर सडक खुलाइने भएको हो।

Hardik ivf

धादिङ र गोरखाबीच भएको समन्वय समिति बैठकमा तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय भएको थियो।  अघिल्लो वर्ष पनि यो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेदेखि सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो।

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पुल बनाउन पहरो फोर्ने काम अहिले चलिरहेको छ। उक्त काम गर्न दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गर्ने गरिएको थियो। यस वर्ष सडक बन्द गरेर काम गर्न सुरु गरिएको शनिबार तीन हप्ता भएको छ।

पुनः २१ दिन दैनिक चार घण्टा सडक बन्द गरेर काम गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए। साे सडक गएको पुस ७ गतेयता दैनिक ४ घण्टा बन्द हुँदै आएको थियो।

प्रकाशित मिति: १३:५४ बजे, आइतबार, पुस २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्