Kathmandu Press

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन जिताउन शीर्ष नेताले साझा अपिल गर्ने

सबै मतदाता राजनीतिक दलकातर्फ बाटै निर्वाचित भएका हुने भएपनि गोप्य मतदान हुने भएकाले गठबन्धनले निर्वाचन परिचालनलाई विशेष महत्व दिएको छ।
राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन जिताउन शीर्ष नेताले साझा अपिल गर्ने

काठमाडौं, पुस २९ : राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले साझा अपिल गर्ने भएका छन्।

माघ ११ गते १९ सिटका लागि राष्ट्रिय सभा निर्वाचन हुँदैछ। यो निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता हुन्छन्। सबै मतदाता राजनीतिक दलकातर्फ बाटै निर्वाचित भएका हुने भएपनि गोप्य मतदान हुने भएकाले गठबन्धनले निर्वाचन परिचालनलाई विशेष महत्व दिएको छ।

Hardik ivf

त्यहीकारण गठबन्धनका उम्मेदवारलाई निर्वार्चित गराउन शीर्ष नेताहरूले नै सार्वजनिक आह्वान गर्ने तयारी छ।

शनिबार बसेको गठबन्धनका नेता रमेश लेखक संयोजकत्वको निर्वाचन समन्वय समितिले शीर्ष नेताहरूलाई सार्वजनिक अपिल गर्न आग्रह गर्ने निर्णय गरेको थियो।

त्यसबारे छलफल गर्न अहिले गठबन्धनको बैठक बसिरहेको छ। ‘आजको बैठकपछि शीर्ष नेताहरूले सार्वजनिक अपिल गर्नुहुनेछ,’ समितिका एक सदस्यले भने ।

गठबन्धनले प्रदेश र जिल्लास्तरमा समेत राष्ट्रिय सभा निर्वाचन समन्वय समिति गठन गरेको छ भने शीर्ष नेताहरू समेत निर्वाचनका लागि प्रदेशमा खटिने तयारी छ।

यसपटक निर्वाचन हुन लागेका १९ सिटमध्ये गठबन्धनबाट कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति: १२:०० बजे, आइतबार, पुस २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्