Kathmandu Press

विवाहको दुई वर्षपछि रञ्जिताले श्रीमानको जन्मथलाे त टेकिन, तर अब कहिल्यै फर्कने छैनन्

बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो कर्मघर देखेकै थिइनन्। बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहन्थिन्। दुर्भाग्य ! सञ्जिताले श्रीमानको जन्मथलो त टेकिन्। तर त्यो बाटो अब कहिल्यै फर्किनेछैनन्।
विवाहको दुई वर्षपछि रञ्जिताले श्रीमानको जन्मथलाे त टेकिन, तर अब कहिल्यै फर्कने छैनन्

बागलुङ, पुस २९ : सञ्जिता अधिकारी आगामी माघ ६ गते  बेलायत फर्किने तयारीमा थिए। बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो कर्मघर देखेकै थिइनन्। बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहन्थिन्।

दुर्भाग्य ! सञ्जिताले श्रीमानको जन्मथलो त टेकिन्। तर त्यो बाटो अब कहिल्यै फर्किनेछैनन्।

Hardik ivf

शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा चन्द्रागिरि नगरपालिका–५ काठमाडौंकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाइन्। दुर्घटनामा उनको परिवारका सबै सदस्य घाइते भएका छन् ।
 
ढोरपाटन नगरपालिका–४ छोरेगाउँका दीपक गैरे र चन्द्रागिरि नगरपालिका–५ सतुङ्गलकी सञ्जिता अधिकारी दुई वर्षअघि विवाह भएपछि बेलायत लागिन्। दीपक पहिलेदेखि नै बेलायत बस्थे। बिहेपछि दीपकले सञ्जितालाई जन्मघर ल्याएनन्। काठमाडौंमै बिहे भयो। उतैबाट बेलायत लागिन्।
 
बेलायतको दुई वर्षको बसाइपछि यही पुस ६ गते गते उनीहरू नेपाल आए। करिब सात वर्ष पहिलादेखि काठमाडौं बस्दै आएका दीपकको जन्मस्थान घुमेरमात्रै बेलायत जाने रहर सञ्जितालाई थियो। लमजुङको पहाडघर छाडेर काठमाडौं बस्दै आएकी सञ्जिताको रहरअनुसार दीपक र उनको परिवार पुस २६ गते जन्मगाउँ छोरेगाउँ पुगे।

'घर जाने कर गरेकै उसैले हो, उसैले छाडेर गई,' दुर्घटनामा घाइते भएकी सञ्जिताकी जेठानी मनकुमारी गैरेले भनिन्।

सञ्जिताको रहरअनुसार नै दीपकको परिवार काठमाडौंबाट छोरेगाउँ आएको बताउँछिन् मनकुमारी। गत पुस २६ गते साँझ उनीहरू गाउँ पुगेका थिए। पुस २७ गते जेठो दाजु विवराज गैरेसँग दीपक, सञ्जिता र उनको परिवारले सात वर्षअघि छाडेर काठमाडौं पुगेको छोरेगाँउ घुमे। सञ्जितालाई बाल्यकालको रमाइलो सुनाउँदै २८ पुसमा ढोरपाटन घुम्ने योजना बनाएका दीपक दुर्घटनामा गम्भीर घाइते भएका छन्।
 
सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत् शनिबार बिहान ढोरपाटनतर्फ गइरहेको ध१ज १९ नम्बरको जीप ढोरपाटन नगरपालिका–५ प्याङ्खोला अस्तुमा दुर्घटना भयो। जहाँ श्रीमानको गाउँ घुमेर माघ ६ गते बेलायत जाने योजनामा रहेकी सञ्जितासँगै सवारी चालक ढोरपाटन–४ खुङ्गाका तिलक घर्तीको समेत ज्यान गयो।

सग्लो परिवार सवार जीप सडकमा पल्टेपछि परिवारका सदस्य गम्भीर घाइते छन्। घर घुमाउन श्रीमती र परिवार लिएर आएका दीपकलाई उपचारका लागि हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
 
मृतक सञ्जिताका श्रीमान् दीपक, उनका आफन्त विवराज, जोगनारायण गैरे र उनकी श्रीमती निरूता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उनकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए। घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो।

थप उपचारका लागि उनीहरूलाई हेलिकप्टरमा मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ। मनकुमारीका अनुसार गैरे परिवारले ढोरपाटन घुम्नकै लागि जीप रिजर्भ गरेका थिए। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक केसीले बताइन्। -रासस

प्रकाशित मिति: ११:५२ बजे, आइतबार, पुस २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्