Kathmandu Press

दाङ बस दुर्घटना : मृतक १२ जनाकै सनाखत

बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि हिँडेको भे१ख ३९१२ नम्बरको ३५ जना यात्रु बोकेको बस शुक्रबार राति सवा १० बजेतिर दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको हाे। अन्य २२ जना घाइते छन्।
दाङ बस दुर्घटना : मृतक १२ जनाकै सनाखत

दाङ, पुस २८ : दाङ बस दुर्घटनामा परी मृत्यु भएका १२ जनाको सनाखत भएको छ। बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि हिँडेको भे१ख ३९१२ नम्बरको ३५ जना यात्रु बोकेको बस शुक्रबार राति सवा १० बजेतिर दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको हाे। अन्य २२ जना घाइते छन्।

मृतकमध्ये चितवन भरतपुर उपमहानगरपालिका-२५ का ३५ वर्षीय अनिल खड्का, बाँकेको खजुरा गाउँपालिका-३ सिर्जनशील टोलका २५ वर्षीय सन्जय केसी, बाँकेकै कोहलपुर नगरपालिका-८ का २८ वर्षीय अर्पन थापा र भारतको बहराइज नानपारा बग्लुभौतपुरका ४५ वर्षीय चेतराम सिल्पकारको शनिबार दिउँसो सनाखत भएको जिल्ला प्रहरी कायार्लय दाङले जनाएकाे छ।

Hardik ivf

सुरूमा सनाखत भएका आठ जनामा बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बनेत, मकवानपुर हेटौंडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रागिरी नगरपालिका– १५ का  ६५ वर्षीय ताराकान्त पाण्डे,  भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ वर्षीय मुने, जुम्लाको श्रीढुम्का–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेकै  ३० वर्षीय रामवरण हरिजन, रूकुमको साविक गोतामकोट गाविस–९ का  २५ वर्षीय दिपक कामी, भारतको विहार पूर्वी चम्पारण मलाइका ६७ वर्षीय योगेन्द्र राम जोगेन्द्र राम छन्।  

दुर्घटनापछि गम्भीर घाइते १२ जनालाई उद्धार गरी अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार दुर्घटनाका घाइते २४ जनामध्ये १३ जनाको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा, बुटवलस्थित चौराहा हस्पिटलमा ८ जना, सिटी अस्पताल बुटवलमा १ जना र दाङको राप्ती पोलिक्लिनिक भालुवाङ र प्रस्तावित अस्पताल भालुबाङमा १  जना घाइतेकोे उपचार भइरहेको छ।  

बसमा कुल ६ महिला र १८ पुरूष गरी ३७ यात्रु सवार थिए। घाइतेमध्ये अझै पनि ४ जनाको अवस्था गम्भीर रहेको , ११ जनाको अवस्था मध्यम र ९ जना सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ। चालक सल्यानको त्रिवेणी गाउँपालिका–४ का २८ वर्षीय लालबहादुर नेपाली प्रहरी नियन्त्रणमा छन्। बसको सापटले एकाएक काम नगर्दा चक्का नघुमेका कारण  बस पुलबाट खसेको बयान उनले प्रहरी समक्ष गरेका छन्।

तर, प्रहरीले भने तीव्र गतिको बस चालकले नियन्त्रण गर्न नसक्दा पुलबाट खसेको बताएको छ। 

प्रकाशित मिति: १७:२७ बजे, शनिबार, पुस २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्