Kathmandu Press

बाजुरामा मनाइने सांस्कृतिक पर्व भुवो काठमाडौंमा पनि मनाइयाे

बाजुरामा मनाइने सांस्कृतिक पर्व भुवो काठमाडौंमा पनि मनाइयाे

काठमाडाैं, पुस २८ : बाजुरामा मनाइने कौरव र पाण्डवको कथामा आधारित सांस्कृतिक पर्व भुवो काठमाडौंमा पनि मनाइएको छ।

शनिबार काठमाडौंको भृकुटिमण्डपमा दमाहा बाजाका साथ युवाले हातमा ढाल तरबार समातेर भुवो पर्व मनाएका हुन्। खेतीपातीको काम सकेर यहाँका स्थानीय बासिन्दा फुर्सदिला भएको समयमा खेलिने यो पर्व वीरताको गातामा आधारित छ।

Hardik ivf

यो पर्वलाई विशेष गरी बाजुरा, बझाङ,  अछाम र डोटी जिल्लामा विशेष पर्वका रूपमा मनाइने प्रचलन पुस्तौँदेखि अहिलेसम्म रहँदै आएको छ। यस वर्ष भने काठमाडौमा बसोबास गर्दै आएकाहरु भृकुटीमण्डपमा भेला भएर ढाल, तरबार तथा लाठी खेलाएर नाचेका थिए। त्रेतायुगमा पाण्डव कौरवबिचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुसीयाली मनाइएको दिनमा यो पर्व मनाइने किम्बदन्ती रहेको बाजुराका अफिलाल जोशीले बताए।

पुस महिनाको चतुर्दशी अर्थात् औँसीको अघिल्लो रातबाट काठको मुढो बालेर सुरु गरिने यो भुवो पर्वलाई अहिलेका युवापुस्ताले पनि दौरा सुरुवालको पोसाकमा ढाल, तरबार तथा लाठी खेलाएर नाच्ने प्रचलन छ।  बाजुरा जिल्लाको हिमाली स्वामिकार्तिक, जगनाथ , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगङ्गा , त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकालगायतका विभिन्न ठाउँमा यो पर्वलाई विशेष रुपमा मनाइने प्रचलन छ।

यही पर्वलाई अवसरको रूपमा पारेर कामको सिलसिला विदेश गएका आफन्तजनसमेत यो पर्व मनाउन घरमा आएर भुवो भस्तो खेलेर रमाउने गरेको गरेका छन्। 

प्रकाशित मिति: १६:३३ बजे, शनिबार, पुस २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्