चन्द्रागिरिकाे सेते पहरेमा कार दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु
प्रदेश नम्बर ३-०१-०२३ च ६९८५ नम्बरको कार दुर्घटना भएको हो।
काठमाडाैं, पुस २८ : काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ कार दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्।
चित्लाङ–चन्द्रागिरि सडकखण्ड अन्तर्गत सेते पहरेमा भएको दुर्घटनामा चार जनाको घटनास्थलमै ज्यान गएको चित्लाङ प्रहरी चौकीका सई विकास कार्कीले जानकारी दिए। प्रदेश नम्बर ३-०१-०२३ च ६९८५ नम्बरको कार दुर्घटना भएको हो।दुर्घटनामा काठमाडौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाडाैं महानगरपालिका-२ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतम छन्। महेश कुमार गौतमले गाडी हाँकेका थिए।
दुर्घटनामा परी ६ वर्षीया स्मारिका गौतम गम्भीर घाइते छिन्। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको जनाइएकाे छ। उनकी आमा डा. सृष्टी तिवारी गौतम सकुशल रहेकाे प्रहरीकाे भनाइ छ।
प्रकाशित मिति: १५:४३ बजे, शनिबार, पुस २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












