नेकपा एसले आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्नुपर्छ : अध्यक्ष नेपाल
शनिबार काठमाडौंको साँखुमा अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसअघि गठबन्धनको साथमा चूनाव लड्दा अपेक्षित नजिता हासिल गर्न नसकेको भन्दै अव आफ्नै शक्तिमा चूनावमा जित्ने गरि तयारी गर्नुपर्ने बताएका हुन्।---frame-at-3m4s-1705139566.jpg)
काठमाडौं, पुस २८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नै शक्तिमा चूनावमा जित्ने गरि तयारी गर्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंको साँखुमा अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसअघि गठबन्धनको साथमा चूनाव लड्दा अपेक्षित नजिता हासिल गर्न नसकेको भन्दै अव आफ्नै शक्तिमा चूनावमा जित्ने गरि तयारी गर्नुपर्ने बताएका हुन्।
उनले सिंगो मुलुकको बिकासको खाका आफ्नो पार्टीले तयार गरेको भन्दै नेता कार्यकर्ताले जनतामाझ गएर त्यसलाई बुझाउन सक्नुपर्ने उल्लेख गरे। अध्यक्ष नेपालले सातैवटा प्रदेशमा पार्टीको अस्तीत्व देखिएको र अव पालीकामा अस्तित्व देखिने गरि संगठन विस्तार गर्नुपर्ने धारणा राखे। त्यस्तै अध्यक्ष नेपालले अहिले गठबन्धन फुट्ने भ्रममा नलाग्न आग्रह गर्दै गठबन्धन पाचै बर्ष चल्ने बताए।
उनले यसअघि कम्युनिष्ट दलहरु बहुमतको नजिक पुगेपनि त्यसलाई जोगाउन नसकिएको भन्दै पुनः कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्नका लागि पहल भइरहेको जिकिर गरे।












