Kathmandu Press

धर्मभक्तमा पहिलोपटक तीन वर्षीय बालकमा सफलतापूर्वक कलेजो प्रत्यारोण

केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा बालकको सफल कलेजो प्रत्यारोपण भएको हो।
धर्मभक्तमा पहिलोपटक तीन वर्षीय बालकमा सफलतापूर्वक कलेजो प्रत्यारोण
Hardik ivf

भक्तपुर, पुस २८ : भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ।

केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा बालकको सफल कलेजो प्रत्यारोपण भएको हो। केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले पर्साको वीरगञ्जका तीन वर्षीय बालकका लागि ३० वर्षीय आमाले कलेजो दान दिएको जानकारी दिए। कलेजो प्रत्यारोपण गरिएका बालकको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।

'यसअघि यति सानो बालकको कलेजो प्रत्यारोपण गरिएको थिएन। यो पहिलो पटक हो', डा श्रेष्ठले भने, 'केन्द्रमा यो साता शुक्रबारदेखि सोमबारसम्म लगातार चार दिनमा चार वटा कलेजो प्रत्यारोपण गर्दैछौँ। यो नेपालका लागि ठूलो सफलता हो।'

यसअघि केन्द्रले पुसमा एकैपटक दुई जना बिरामीको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो। पुस ८ गते भक्तपुरका २२ वर्षीय छोरालाई ४७ वर्षीय बुबाले र पुस ९ गते सप्तरीका २५ वर्षीय भाइलाई ३५ वर्षीय दिदीले कलेजो दान दिएर प्रत्यारोपण गरिएको थियो। 

केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठको नेतृत्वमा केन्द्रले २०७३ मङ्सिर २२ गते दक्षिण कोरियाका चिकित्सकको प्राविधिक सहयोगमा देशमै पहिलो पटक कलेजो प्रत्यारोपणको सुरुआत गरेको थियो। त्यसपछि भारतको म्याक्स अस्पतालकका विशेषज्ञ चिकित्सकहरुको सहयोगमा कलेजो प्रत्यारोपण हुँदै आए पनि पछिल्लो समय नेपाली चिकित्सककै टोलीले सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गर्न थालेको छ। 

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले मिर्गौलामा मात्रै नभई कलेजो प्रत्यारोपणमा पनि सफलता पाएपछि अब नेपाल कलेजो प्रत्यारोपणमा पनि आत्मनिर्भर हुन थालेको बताए। उनका अनुसार सुरुका केही वर्ष वार्षिक एकरदुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकामा अहिले वर्ष १० जनाको प्रत्यारोपणमा सफलता हासिल गर्न केन्द्र सक्षम भएको छ। केन्द्र स्थापनादेखि अहिलेसम्म एक हजार दुई सयभन्दा बढीको मिर्गौला प्रत्यारोपण गरिसकिएको उहाँले जानकारी दिए।

प्रकाशित मिति: १२:५४ बजे, शनिबार, पुस २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्