Kathmandu Press

दाङ बस दुर्घटना : मृतक १२ मध्ये ८ जनाको परिचय खुल्यो

मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया एक महिला रहेका छन्।
दाङ बस दुर्घटना : मृतक १२ मध्ये ८ जनाको परिचय खुल्यो

दाङ, पुस २८ : बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि हिँडेको भे१ख ३९१२ नम्बरको ३५ जना यात्रु बोकेको बस गएराति दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ। अन्य २२ घाइते भएका छन्।

मृतक १२ जनामध्ये ८ जनाको परिचय खुलेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले बताए।

सिंहका अनुसार मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया एक महिला रहेका छन्। अन्य ४ जना मृतकको पहिचान हुन बाँकी रहेको जनाइएको छ ।

Hardik ivf

दुर्घटनामा परि घाइते हुनेमा काठमाडौंकी ३८ वर्षीया मन्जु शर्मा, बाँकेका २० वर्षीय निरन्जन कोरी, बाँके नेपालगन्ज बस्ने २४ वर्षीय आशुतोष गौतम, काठमाडौँ बस्ने सञ्जु वस्वान, बाँके बस्ने २० वर्षीय अरवाज नाउ, बाँके नेपालगन्ज बस्ने २५ वर्षीय मोहम्मद जावेदरहेको प्रहरीले जनाएको छ।

कालिकोट बस्ने वर्ष ४५ का तिलकप्रसाद उपाध्याय, बाँके कोहलपुर बस्ने वर्ष २१ का धनबहादुर पुनमगर, भारत बस्ने वर्ष २० की छोटी सिलौरा, बर्दिया बस्ने वर्ष २२ का राजीव थारु, जुम्ला बस्ने वर्ष १९ का विशाल बोहरा, बाँके बस्ने वर्ष १९ का नफिच खान, बाँके बस्ने दशरथ विक, डोल्पा बस्ने वर्ष ३५ की धनकली बुढा मगर, काठमाडौँ बस्ने वर्ष ११ की आध्या पाण्डे, बाँके राप्ती सोनारी गापा २ बस्ने वर्ष ३१ का कुलबहादुर गोसाईं विभिन्न अस्पतालहरुमा उपचाररत छन्।

Photo(22)-1705127455.jpg

यसैगरी, घाइते हुनेहरुमा काठमाडौं बस्ने वर्ष ४५ का सुभाष शाक्य, बाँके नेपालगन्ज बस्ने वर्ष ३५ की जिला वली, बाँके बस्ने वर्ष २१ का शंकर थारु, भारत बस्ने वर्ष २३ का राहुल कुमार अहिर, रौतहट बस्ने वर्ष २६ का सञ्जय कार्की र काठमाडौँ बस्ने वर्ष ४५ की राधा पाण्डे रहेका छन्।

प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएर घट्नाबारे थप अनुसन्धान गरिरकेको जनाएको छ।  

चालक नेपालीले चक्का नघुमेपछि बस पुलबाट राप्ती नदीमा खसेको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लका अनुसार, बस चालक नेपालीले चक्का नघुमेपछि बस नदीमा खसेको बयान दिएको बताए।

प्रकाशित मिति: १२:१६ बजे, शनिबार, पुस २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्