Kathmandu Press

दाङ बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

सभापति देउवाले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
दाङ बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं, पुस २८ : दाङको देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङस्थित राप्ती नदीमा बस खसेर भएको दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।

१२ मृत्यु र २२ जना घाइते हुनेगरी भएको दुर्घटनाप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका हुन्।

Hardik ivf

सभापति देउवाले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

उनले पछिल्लो समय सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न गराउन समेत सरकारको ध्यानाकर्षण गराएका छन्।

बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि हिँडेको भे १ ख ३९१२ नम्बरको ३५ जना यात्रु बोकेको बस गएराति दाङको भालुवाङनिर राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ। घटनामा अन्य २२ जना घाइते भएका छन्।

प्रकाशित मिति: १२:०८ बजे, शनिबार, पुस २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्