Kathmandu Press

नाउपमा २ महासचिव, रञ्जितालाई सहअध्यक्ष बनाउन विधान संशोधन गरिने

टिकापुरमा जारी महाधिवेशमा महासचिवमा सहमति नभएपछि विधान संशोधन नाउपले २ जना महासचिव राख्ने निर्णय गरेको हो।
नाउपमा २ महासचिव, रञ्जितालाई सहअध्यक्ष बनाउन विधान संशोधन गरिने

काठमाडौं, पुस २८ : नागरिक उन्मुक्ति पार्टीमा २ जना महासचिव रहने भएका छन्।

टिकापुरमा जारी महाधिवेशमा महासचिवमा सहमति नभएपछि विधान संशोधन नाउपले २ जना महासचिव राख्ने निर्णय गरेको हो।

Hardik ivf

जसअनुसार नाउपको महासचिवमा कैलालीमा गंगाराम थारु र लुम्बिनीका धर्मबहादुर चौधरीलाई चयन भएका छन्।

यस्तै, रञ्जिता श्रेष्ठलाई पनि विधन संशोधन गरेर सहअध्यक्ष बनाउन लागिएको छ। निर्वतमान अध्यक्षलाई व्यवस्थापन गर्न विधान संशोधन गरेर सहअध्यक्षको व्यवस्था गर्न लागिको नवनिर्वाचित महासचिव गंगाराम थारूले बताए।

अध्यक्षसहितका २७ जना पदाधिकारी र २४५ केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका छन्। निर्वाचन समितिले उनीहरुलाई शुक्रबार राति प्रमाणपत्र वितरण गरिसकेको छ।

उपाध्यक्षमा अन्य ५ प्रदेशमा सर्वसम्मत निर्वाचित भएपनि बागमति र लुम्बिनी प्रदेशमा सहमति हुन नसक्दा महाधिवेशन लम्बिएको छ।

प्रकाशित मिति: १२:०४ बजे, शनिबार, पुस २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्