Kathmandu Press

दुर्घटनाका घाइतेहरुको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् । 
दुर्घटनाका घाइतेहरुको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, पुस २८ : दाङको भालुवाङमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । 

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् । 

Hardik ivf

गएराति दाङको भालुवाङमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । बसमा सवार ३५ जनामध्ये १२ जनाको मृत्यु भएको हो । २२ जना घाइते भएका छन् । 

घाइते २२ मध्ये सातजनालाई बुटवल, नौजनाको नेपालगञ्ज र ६ जनाको भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको छ । शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३००१ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो ।

प्रकाशित मिति: ०९:३८ बजे, शनिबार, पुस २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्