Kathmandu Press

दाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

दुर्घटनामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्ल जानकारी दिए । घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 
दाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं, पुस २८ : नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेका संख्या १२ पुगेको छ । शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो ।

दुर्घटनामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्ल जानकारी दिए । घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

Hardik ivf

दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।

प्रकाशित मिति: ०९:११ बजे, शनिबार, पुस २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्