Kathmandu Press

‘मुलुकको समृद्धिका लागि वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक’

समाजवादको कार्यभार आफ्नो पार्टीले अवलम्बन गरिरहेको बताउँदै उनले जनवर्गीय संगठनहरूले पार्टीको कार्यभारलाई पूरा गर्नेगरी जनस्तरमा काम गर्नुपर्ने उल्लेख गरे।
‘मुलुकको समृद्धिका लागि वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक’

काठमाडौं, पुस २८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समानता र समतामूलक समाज निर्माणका लागि वैज्ञानिक समाजवाद आवश्यक रहेको बताएका छन्।

पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादीको तेस्रो वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष नेपालले देशलाई समृद्ध बनाउन र जनताको जीवनलाई सुखी बनाउन मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए।

Hardik ivf

समाजवादको कार्यभार आफ्नो पार्टीले अवलम्बन गरिरहेको बताउँदै उनले जनवर्गीय संगठनहरूले पार्टीको कार्यभारलाई पूरा गर्नेगरी जनस्तरमा काम गर्नुपर्ने उल्लेख गरे।

अध्यक्ष नेपालले पर्टीपंक्तिलाई इमान्दारिताका साथ पार्टी विस्तारमा लाग्न निर्देशन दिए। पार्टीको आन्तरिक समस्या पार्टी कमिटीका बैठकमा राख्नुपर्ने बताउए।

‘हामीबीचमा केही समस्या छन् भने प्रदेश कमिटीका नेताहरू छन्। त्यहाँ पनि कार्यकर्ताका गुनासा सम्बोधन भएनन् भने केन्द्रीय सङ्गठन, पदाधिकारी छौं। यहाँसम्म आएर आफ्ना कुरा राख्नुहोला,’ अध्यक्ष नेपालले भने।

प्रकाशित मिति: ०७:३१ बजे, शनिबार, पुस २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्