नेपाल–पाकिस्तान सम्बन्धबारे छलफल
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा नेपाल–पाकिस्तानबीचको शिक्षा, व्यापार, पर्यटन, जलवायु परिवर्तनका क्षेत्रमा सहयोग बढाउने तथा विद्यमान द्विपक्षीय संयन्त्रलाई पुनः सक्रिय तुल्याउने सम्बन्धमा छलफल भएको थियो।
काठमाडौं, पुस २८ : परराष्ट्रसचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल भएको बताइएको छ।
त्यस अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा नेपाल–पाकिस्तानबीचको शिक्षा, व्यापार, पर्यटन, जलवायु परिवर्तनका क्षेत्रमा सहयोग बढाउने तथा विद्यमान द्विपक्षीय संयन्त्रलाई पुनः सक्रिय तुल्याउने सम्बन्धमा छलफल भएको थियो।
राजदूत हास्मीले नवनियुक्त सचिव लम्साललाई पाकिस्तानका विदेश सचिव मुहम्मद साइरस क्बाजीले पठाएको पत्र हस्तान्तरण गरेका थिए।
प्रकाशित मिति: ०७:२२ बजे, शनिबार, पुस २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












