Kathmandu Press

डिप्रेसनको उपचारपछि पनि किन आत्महत्या?

डिप्रेसनले छोएपछि उपचारबाट केही सुधार भएपनि उनीहरुले आत्महत्या गरेको कोरियन फाउन्डेसन फर सुसाइड प्रिभेन्सनले गरेको अध्ययनले स्पष्ट पारेको छ।
डिप्रेसनको उपचारपछि पनि किन आत्महत्या?

काठमाडौं, पुस २८ : डिप्रेसन (अवसाद)बाट ग्रसित व्यक्तिहरूले ४ वर्षको अवधिमा आत्महत्या गरेको एक अध्ययनले देखाएको छ।

डिप्रेसनले छोएपछि उपचारबाट केही सुधार भएपनि उनीहरुले आत्महत्या गरेको कोरियन फाउन्डेसन फर सुसाइड प्रिभेन्सनले गरेको अध्ययनले स्पष्ट पारेको छ।

Hardik ivf

त्यस्ता पीडित व्यक्तिले उपचार पाएपनि आत्महत्याको बाटो रोजेको अध्ययनबाट थाहा भएको उल्लेख छ। पीडित २१० व्यक्तिहरूको अध्ययनपछि प्राप्त तथ्यांकको बृहत् विश्लेषणले यस्तो नतिजा देखाएको बताइएको छ।

फाउन्डेसनले सन् २०१५ देखि २०२२ सम्ममा परिवारका सदस्य र सहकर्मीसँग अन्तर्वार्ता लिई आत्महत्याको कारण पत्ता लगाउने र सुसाइड नोटको विश्लेषण गरी मनोवैज्ञानिक पोस्टमार्टममार्फत तथ्याङ्क सङ्कलन गरेको जनाएको छ।

औषधि उपचार पाएपछि पनि ६ महिनाभित्र ५४ र एक वर्षभित्र ८१ जनाको मृत्यु भएको अध्ययनले देखाएको छ।

व्यवसायिक रुपमा असफल भएर आर्थिक तनावमा परेका  व्यक्तिहरूले डिप्रेसन उपचारदेखि मृत्युसम्मको छोटो अवधिमा तनाव भने नभोगेका अध्ययन प्रतिवेदनमा उल्लेख छ।
पीडितहरुले अवसादको लक्षणहरू देखिएपछि मृत्यु हुनुभन्दा तीन महिना अघि निद्रामा कठिनाइ भोगेको पनि बताईएको छ।

‘यी निष्कर्षहरूलाई सम्बोधन गर्न, अवसादको लागि निरन्तर प्रारम्भिक हस्तक्षेपको लागि वातावरण स्थापना गर्न महत्वपूर्ण छ,’ अध्ययनमा संलग्न विज्ञहरुले सिफारिस गरेका छन्।

अन्वेषकहरूले पीडितहरुको प्राथमिक हेरचाह गर्ने चिकित्सकहरूको लागि आत्महत्या शिक्षा र तालिम जस्ता उपायहरू लागूगर्न र डिप्रेसन क्लिनिकहरूमा बिरामीहरूलाई जोडेर एन्टीडिप्रेसेन्ट पे्रस्क्रिप्शनहरूको तुरुन्त स्वीकृति प्रदान गर्न सुझाव दिएका छन्।

प्रकाशित मिति: ०७:४० बजे, शनिबार, पुस २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्