Kathmandu Press

जसपाको महाधिवेशन धनुषामा जेठ अन्तिममा

शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन जेठ २८, २९ र ३० गते धनुषामा गर्ने निर्णय गरेको हो।
जसपाको महाधिवेशन धनुषामा जेठ अन्तिममा

काठमाडौं, पुस २७ : जनता समाजवादी पार्टी (जसपा)को महाधिवेशन आगामी जेठ अन्तिममा हुने भएको छ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन जेठ २८, २९ र ३० गते धनुषामा गर्ने निर्णय गरेको हो।

यस्तै, बैठकले  माघ ३ गते मधेश दिवस र ५ गते वलिदान दिवस मनाउने निर्णय पनि गरेको छ।

 

प्रकाशित मिति: १८:४५ बजे, शुक्रबार, पुस २७, २०८०