शीर्ष नेताहरू शीतल निवासमा
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितका नेताहरु राष्ट्रपति निवास पुगेका हुन्।
काठमाडौं, पुस २७ : सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरू राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन्। राष्ट्रपतिको आमन्त्रणमा नेताहरु शितलनिवास पुगेको जनाइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितका नेताहरु राष्ट्रपति निवास पुगेका हुन्।
पृथ्वीनारायण नारायण शाहको ३०२औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर राष्ट्रपतिले सत्तारुढ र विपक्षी नेताहरूलाई आमन्त्रण गरेको बताइएको छ। शीतल निवासमा अहिले राष्ट्रपतिसँग छलफल जारी रहेको छ।
प्रकाशित मिति: १८:०२ बजे, शुक्रबार, पुस २७, २०८०
थप समाचार





