Kathmandu Press

स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा मेराे विरोध हुने गरेको छ : मन्त्री बस्नेत

शुक्रबार वीर अस्पताल अस्पतालमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरुले विरोध गरेको बताएका हुन्।
स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा मेराे विरोध हुने गरेको छ : मन्त्री बस्नेत

काठमाडाैं, पुस २७ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो विरोध हुने गरेको बताएका छन्।

शुक्रबार वीर अस्पताल अस्पतालमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरुले विरोध गरेको बताएका हुन्।

Hardik ivf

मन्त्री बस्नेतले बीर अस्पतालको खानाको सुविधा पनि बजेट अभावका कारण अर्थले कटौती गरेको भएपनि आफूले कटौती गरेको हल्ला चलाएको धारणा राखे। अक्सिजनको सिलिण्डरमा पनि आफूले अनियमितता गरेको भन्दै भ्रम फैलाएको उनले बताए।

उनले आफ्नो बारेमा लागेका आरोप पुष्टि भए राजनीतिबाटै सन्यास लिने स्पष्ट पारे। वीर अस्पतालको सुधार गर्दा कसैले विरोध गरे त्यसको प्रतिकार गर्न आफु तयार रहेको उनले बताए।

मन्त्री बस्नेतले जटिलरोगहरुका लागि विशेष उपचारको व्यवस्था गर्दै लैजाने बताए। सो अवसरमा मन्त्री बस्नेतले  महिलाको स्तन क्यान्सर भए/नभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गरे। उक्त सेवाबाट ‘थ्रिडी टेक्नोलोजी’सहित परिक्षणको नजिता हेर्न सकिने अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १६:२३ बजे, शुक्रबार, पुस २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्