Kathmandu Press

अधिकार र कर्तव्यलाई सँगसँगै लिएर जान सक्नुपर्छ : महानिरीक्षक कुँवर 

‘म बद्लिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ काठमाडौं फोहोर सङ्कलन दौड अभियानका क्रममा शुक्रबार नक्सालमा आयोजित समारोहलाई सम्वोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त विचार व्यक्त गरेका हुन्। 
अधिकार र कर्तव्यलाई सँगसँगै लिएर जान सक्नुपर्छ : महानिरीक्षक कुँवर 

काठमाडौं, पुस २७ : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सक्यौं भने समाज परिवर्तन सहज हुने बताएका छन्। 

‘म बद्लिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ काठमाडौं फोहोर सङ्कलन दौड अभियानका क्रममा शुक्रबार नक्सालमा आयोजित समारोहलाई सम्वोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त विचार व्यक्त गरेका हुन्। 

Hardik ivf

कुँवरले यस अभियानले स्वभाविक रूपमा समाजमा एक किसिमको चेतना फैलाउने चर्चा गर्दै  समाज रूपान्तरणका लागि हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्ने हकमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे। अधिकार र कर्तव्यको कुरालाई सँगसँगै लिएर जान नसकेको कारणले सबै किसिमको समस्या आउने गरेकोले युवा वर्गले त्यसप्रति विशेष चासो दिनुपर्नेमा उनको जोड थियो। 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र नेपाल टेलिकमका प्रवन्धक हरि ढकालले आफ्नो धारणा राखे। नक्सालस्थित नारायण चौरबाट फोहोर संकलन गर्दै सुरू भएको उक्त दौड अभियान नागपोखरी, नारायणहिटी दरबारको मुल गेट, केशर महल चोक, लैनचौर, एम्बेस्डर होटेल हुँदै पुनः नारायण चौरमा पुगेर सम्पन्न भएको थियो।

दौडमा प्रथम हुनेलाई ५० हजार रूपैयाँ, द्वितीय हुनेलाई २५ हजार रूपैयाँ, तृतीय हुनेलाई १५ हजार रूपैयाँ र चौथो हुनेलाई ५ हजार रूपैयाँ पुरस्कार समेत प्रदान गरिएको थियो। दौड अभियानमा नेपाल प्रहरीका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू लगायत विभिन्न महानुभावहरूको सहभागिता रहेको थियो।
 

प्रकाशित मिति: १६:१७ बजे, शुक्रबार, पुस २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्