Kathmandu Press

वंश समाज आफ्नो पहिचान खोज्ने दस्तावेज हो : खिलराज रेग्मी

शुक्रबार काठमाडौंमा आयोजित कौशिक गोत्रीय रेग्मी बन्धु समाजको दोस्रो वार्षिक साधारणसभामा बोल्दै उनले छोटो समयमा रेग्मी समाजले राष्ट्रव्यापी आकार र वंशको राष्ट्रिय स्वरुप नेपाली समाजको अगाडि राख्नु ठुलो उपलब्धि रहेको भन्दै अरु सचेत वर्गको आफ्नो पहिचान खोज्ने दस्तावेजसमेत बनेको बताएका हुन्। 
वंश समाज आफ्नो पहिचान खोज्ने दस्तावेज हो : खिलराज रेग्मी

काठमाडौं, पुस २७ : मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले रेग्मी वंश समाज अरु सचेत वर्गको आफ्नो पहिचान खोज्ने दस्तावेज बनेको बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित कौशिक गोत्रीय रेग्मी बन्धु समाजको दोस्रो वार्षिक साधारणसभामा बोल्दै उनले छोटो समयमा रेग्मी समाजले राष्ट्रव्यापी आकार र वंशको राष्ट्रिय स्वरुप नेपाली समाजको अगाडि राख्नु ठुलो उपलब्धि रहेको भन्दै अरु सचेत वर्गको आफ्नो पहिचान खोज्ने दस्तावेजसमेत बनेको बताएका हुन्। 

Hardik ivf

उनले भने,‘छोटो समयमा रेग्मी समाजले राष्ट्रव्यापी आकार र वंशको राष्ट्रिय स्वरुप नेपाली समाजको अगाडि राख्न सक्यो त्यो सामान्य उपलब्धि होइन। वंशावली जुन बनेको छ। त्यो एउटा पुँजी हो। यसले सबैलाई आफ्नो पहिचान स्थापित गरौं भन्ने प्रेरणा प्रदान गरेको छ।

अरु सचेत वर्गलाई पनि पहिचान खोज्ने र योगदान पुर्‍याउने एउटा दस्तावेज बन्यो। यो आफैमा अपूर्ण छ तर पूर्णता दिनलाई स्वयम् खोजी गर्ने र खोजी गराउने प्रेरणा दिने भयो।’  उनले रेग्मी वंशको योगदानलाई सानो नसम्झी समग्र पक्षको समाजिक मूल्य, संस्कृति र परम्परालाई अक्षुण राख्न आग्रह गरेका छन्। 

रेग्मी वंशको पुर्खाले दरबारदेखि देश, शासन प्रशासन देखेभोगेको प्रज्ञा र प्रज्ञतालाई नजिकबाट नियालेका हुनाले रेग्मी वंशको योगदानलाई सानो नसम्झी समग्र पक्षको समाजिक मूल्य, संस्कृति र परम्परालाई अक्षुण राख्न आग्रह गरेका हुन्। 

प्रकाशित मिति: १६:११ बजे, शुक्रबार, पुस २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्