Kathmandu Press

नाउपा अध्यक्षमा रेशम चौधरी निर्विरोध 

निर्वाचन प्रक्रियाका क्रममा अध्यक्षका लागि चौधरीको मात्रै उम्मेदवारी परेको थियो। चौधरी सर्वसम्मत भए पनि निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ।
नाउपा अध्यक्षमा रेशम चौधरी निर्विरोध 

धनगढी, पुस २७ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) को जारी महाधिवेशनमा रेशम चौधरी अध्यक्षमा निर्विरोध चयन भएका छन्।

निर्वाचन प्रक्रियाका क्रममा अध्यक्षका लागि चौधरीको मात्रै उम्मेदवारी परेको थियो। चौधरी सर्वसम्मत भए पनि निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ। निर्धारित समयसम्म अध्यक्ष पदमा कसैको उम्मेदवारी नपरेको जनाइएको छ। पार्टीको निर्विरोध अध्यक्ष बनेका चौधरी पार्टीको संरक्षक थिए। 

Hardik ivf

नाउपाको महासचिवमा भने आधा दर्जन उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। चौधरी टीकापुर नरसंहार घटनामा सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका थिए। उनी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट सजाय माफी पाएर छुटेका थिए। चौधरीको माफी मिनाहा विरुद्ध टिकापुर हिंसाका पीडितले दिएको रिट अहिले सर्वोच्चमा विचाराधीन छ। 

निर्वाचन समितिले जनाए अनुसार महाधिवेशनबाट पार्टी अध्यक्षसहित एकजना सहअध्यक्ष, एकजना महासचिव, सातजना सचिव, सातजना उपाध्यक्ष, सातजना सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ पदाधिकारी चयन हुने छन्।

प्रकाशित मिति: १५:५३ बजे, शुक्रबार, पुस २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्