Kathmandu Press

ठगी गर्ने कन्सलटेन्सीहरु कारबाहीमा पर्छन् : सचिव अधिकारी

शैक्षिक परामर्श व्यवसायी संघ नेपालको पहिलो साधारण सभामा उनले सरकार उच्च शिक्षा सम्बन्धी कानुन तर्जुमाका क्रममा रहेको जानकारी गराउँदै यसका लागि परामर्शदाताहरुसँग सल्लाह सुझाव लिंदै सहकार्य गर्न चाहेको बताएका हुन्। 
ठगी गर्ने कन्सलटेन्सीहरु कारबाहीमा पर्छन् : सचिव अधिकारी

काठमाडौं, पुस २७ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्त्रालय कन्सलटेन्सी(परामर्शदाता)हरुसँग सहकार्य गर्दै अगाडि बढ्न चाहेको बताएका छन्। 

शैक्षिक परामर्श व्यवसायी संघ नेपालको पहिलो साधारण सभामा उनले सरकार उच्च शिक्षा सम्बन्धी कानुन तर्जुमाका क्रममा रहेको जानकारी गराउँदै यसका लागि परामर्शदाताहरुसँग सल्लाह सुझाव लिंदै सहकार्य गर्न चाहेको बताएका हुन्। 

Hardik ivf

उनले भने, ‘कन्सलटेन्सी भनेपछि मन्त्रालयको गेटबाट भित्र छिर्न नहुने भन्ने हुदैँन्, हामी सहकार्य गर्न चहन्छौ। यतिबेला हामी उच्च शिक्षा सम्बन्धी कानुन तर्जुमाका क्रममा छौं। शैक्षिक परामर्शलाई कस्तो बनाउने, कानुनमा कुन रुपमा राख्ने भन्ने विषयमा तपाइँहरुसँग सल्लाह गर्छौ।’ कानुन निर्माणका क्रममा संघीय, प्रादेशिक र स्थानीय सरकारको भूमिकाका विषयमा पनि छलफल गर्नुपर्ने उनले बताए। 

उनले विद्यार्थीहरु राम्रो भविष्य र रोजगारीको लागि बाहिरिने गरेको भन्दै यसलाई रोक्नको लागि देशमा नै केही गर्न सकिन्छ भन्ने आशा र विश्वास दिलाउन आवश्यक भएको बताए  । 

यस्तै, उनले शैक्षिक परामर्शको नाममा ठग्ने संस्थाहरुलाई कारवाही गर्न र राम्रो संस्थालाई प्रोत्साहन गर्न कानुन निर्माण गर्ने पनि बताए। 

उनले भने, ‘बाहिर जाने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श व्यवसायी संघको आवश्यकता पर्छ। तर ठगी गर्ने नियतले खोलिएको संस्थाहरुलाई भने कडाईका साथ कारवाही गर्नुपर्ने हुन्छ। राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने, गलत गर्नेलाई कारवाही गर्ने गरी कानुन बनाउँदै छाैं।’ 
 
प्रकाशित मिति: १५:०३ बजे, शुक्रबार, पुस २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्