Kathmandu Press

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा राप्रपा नेपालकाे जलपान 

कार्यक्रममा पार्टी अध्यक्ष कमल थापासहितका पार्टी पदाधिकारीले आमन्त्रित पाहुनालाई स्वागत अभिवादन गरे।
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा राप्रपा नेपालकाे जलपान 

काठमाडौं, पुस २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज यहाँ चियापान कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा पार्टी अध्यक्ष कमल थापासहितका पार्टी पदाधिकारीले आमन्त्रित पाहुनालाई स्वागत अभिवादन गरे। थापाले सार्वजनिक बिदा दिएर मात्रै नपुग्ने भन्दै राष्ट्रिय स्तरबाटै राष्ट्रिय एकता दिवस मनाउनुपर्ने बताए। उनले पृथ्वीनारायण शाहको योगदानलाई सम्मान गर्दै यस दिवसलाई राष्ट्रिय स्वरुपमा लैजानुपर्ने धारणा राखे।

Hardik ivf

पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणको योगदानलाई केवल संस्थासँग मात्रै जोडेर हेर्न नहुने उनले बताए।

कार्यक्रममा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, मन्त्रिहरु, मन्त्रिपरिषद्का पूर्वध्यक्ष, विभिन्न राजनीति दलका नेता तथा कार्यकर्ता, पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, उद्योगी, व्यपारी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्ति र सर्वसाधारणको उपस्थिति थियो। 

राप्रपा नेपालले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रत्येक वर्ष पुस २७ गते चियापान कार्यक्रम गर्दै आएको छ।

प्रकाशित मिति: १४:५६ बजे, शुक्रबार, पुस २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्