Kathmandu Press

अफवाहले हैरानी तापसी

‘यो एक गलत हल्ला हो कि जसलाई टाढा राख्दा राख्दा म थाकिसकेकी छु। मेरो बारेमा यो भनिन्छ कि यदि कुनै फिल्ममा मेरो केन्द्रीय चरित्रमा छैन भने म काम गर्दिनँ। मेरो बारेमा यो गलत हल्ला कसले फैलाइरहेको छ। थाहा पाउन सकेकी छैन’, तापसी भन्छिन्।
अफवाहले हैरानी तापसी

मुम्बई, पुस २७ : बलिउड अभिनेत्री तापसी पन्नू  अहिले फिल्म ‘डंकी’को सफलताको उत्सव मनाइरहेकी छन्।

फिल्ममा उनले अभिनेता शाहरुख खानको अपोजिटमा अभिनय गरेकी छन्। हालै एक अन्तरवार्तामा उनले फिल्ममा अनुबन्ध भएपछि पनि आफू सो फिल्मको हिस्सा हो भन्ने कुरा विश्वास नगरिरहेको खुलासा गरेकी छन्।

Hardik ivf

फिल्म उद्योगका बारेमा ‘उनी फिल्मको प्रमुख भूमिकामा मात्र अभिनय गर्छिन्’ भन्ने अफवाह छ। यही कारण उनले कैयौं प्रोजेक्ट गुमाएकी छन्। यही अफवाहका कारण निर्देशकहरु उनलाई राम्रो सहायक चरित्रका लागि प्रस्ताव गर्न हिचकिचाइरहेका छन्।

‘हरेक कोही राजकुमार हिरानी सरजस्ता छैनन्। उहाँलाई कुनै कम्फर्ट जोनको आवश्यकता छैन्। फिल्म ‘मनमर्जिया’मा मेरो काम देखेर उहाँले अचानक मलाई म्यासेज गर्नुभयो। मेरो धेरै फिल्म हेरेपछि उहाँले मलाई ‘डंकी’मा प्रस्ताव गर्नुभयो। यो एक सुन्दर सत्य थियो। यहीकारण फिल्मको पहिलो सेड्युल पुरा हुन्जेलसम्म मलाई विश्वास भएन’, उनले भनेकी छन्।

तापसीका अनुसार ‘डंकी’ फ्लोरमा गएको डेढ वर्षसम्म मानिसहरुले आफूलाई ‘राजुले कुनै दोस्रो अभिनेत्रीमाथि पनि विचार गरिरहेको’ भन्ने सुनाए। ‘तर राजु सरले यस्तो केही गर्नुभएको थिएन। उहाँ मप्रति आश्वस्त हुनुहुन्थ्यो। यहीकारण म यो फिल्म गर्दैछु भन्ने स्विकार्न मलाई निकै समय लागेको थियो’, उनी भन्छिन्।

फिल्म उद्योगमा उनीमाथि अन्य व्यक्तिहरुले के धारणा राख्छन् भन्नेबारे पनि बोलेकी छन्। ‘यो एक गलत हल्ला हो कि जसलाई टाढा राख्दा राख्दा म थाकिसकेकी छु। मेरो बारेमा यो भनिन्छ कि यदि कुनै फिल्ममा मेरो केन्द्रीय चरित्रमा छैन भने म काम गर्दिनँ। मेरो बारेमा यो गलत हल्ला कसले फैलाइरहेको छ। थाहा पाउन सकेकी छैन’, तापसी भन्छिन्।

फिल्म ‘डंकी’ गत २१ डिसेम्बरमा रिलिज भएको थियो। फिल्ममा शाहरुख खान, विक्की कौशल, तापसी पन्नु, बोमन इरानीको अभिनय थियो। फिल्मले हालसम्म विश्वव्यापी रुपमा ४ सय ४७ दशमलब ७० करोडको कलेक्सन गरिसकेको दैनिक भास्करले लेखेको छ। 
 

प्रकाशित मिति: १४:४२ बजे, शुक्रबार, पुस २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्