Kathmandu Press

एमालेले गठबन्धनलाई ध्वस्त पार्ने षडयन्त्र गरेको अध्यक्षा नेपालकाे आरोप

शुक्रबार काठमाडौंमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को तेस्राे वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आफूहरु पहिले रहेका पार्टीका नेताले गठबन्धनलाई ध्वस्त पार्न खोजेको भन्दै उनीहरुलाई षड्यन्त्रलाई सफल हुन नदिने बताए। उनले गठबन्धनका साथै पार्टीलाई बलियो बनाउदै अघि बढ्नुपर्ने धारणा राखे।
एमालेले गठबन्धनलाई ध्वस्त पार्ने षडयन्त्र गरेको अध्यक्षा नेपालकाे आरोप
Hardik ivf

काठमाडाैं, पुस २७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेले गठबन्धनलाई ध्वस्त पार्ने षडयन्त्र गरेको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को तेस्राे वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आफूहरु पहिले रहेका पार्टीका नेताले गठबन्धनलाई ध्वस्त पार्न खोजेको भन्दै उनीहरुलाई षड्यन्त्रलाई सफल हुन नदिने बताए। उनले गठबन्धनका साथै पार्टीलाई बलियो बनाउदै अघि बढ्नुपर्ने धारणा राखे।

अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धनमामात्रै भर नगरि आफ्नो शक्ति निर्माण गर्नुपर्ने जिकिर गरे। अहिले प्रतिगामी तत्वहरूले व्यवस्थामाथि प्रहार गरिरहेको भन्दै उहाले व्यवस्थाको पक्षमा उभिनेहरुलाई शत्रुको रुपमा हेर्न नहुने बताए। उनले आफ्नो पार्टीमा निराशा नभइ आशा रहेकाले मुलुकका सवै तहमा संगठनलाई बलियो बनाएर अघि बढ्न निर्देशन दिए। 

प्रकाशित मिति: १४:१० बजे, शुक्रबार, पुस २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्