Kathmandu Press

विभिन्न कार्यक्रम गरी मनाइयाे पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिएको हो।
विभिन्न कार्यक्रम गरी मनाइयाे पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडाैं, पुस २७ : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिएको हो।

Hardik ivf

पृथ्वीजयन्तीका अवसरमा सिंहदरबार पश्चिम मूलद्वारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिएको छ। राजसंस्था समर्थक, सर्वसाधारण लगाएत बाजागाजासहित पुगेर शाहको सालिकमा माल्यार्पण गरिएको हो।

१७७९ सालमा जन्मेका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए। उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत  दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन्। भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए।

पछिल्ला वर्षमा शाहको योगदानका कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ। उनको ५२ वर्षको उमेरमा १८३१ सालमा निधन भएको हो।

प्रकाशित मिति: १३:५३ बजे, शुक्रबार, पुस २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्