Kathmandu Press

राष्ट्रनिर्माताको शालिकमा राष्ट्रपतिको माल्यार्पण [तस्बिहरू]

राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गरेका हुन्।
राष्ट्रनिर्माताको शालिकमा राष्ट्रपतिको माल्यार्पण [तस्बिहरू]

काठमाडौं, पुस २७ : राष्ट्रपति रामचन्द्र पौडेलले ३०२औँ पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालीकमा माल्र्यापण गरेका छन्।
 
राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गरेका हुन्।

सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको समेत गरेको थियो। वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा स्मरण गर्ने गरिन्छ।

Photos-(15)-1705038714.jpeg

Hardik ivf

उनले त्यसबेला बाइसे, चौबिसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए। त्यही योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकोरुपमा मनाउने गरिएको छ।

दिवसको सन्दर्भमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ। २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको थियो।

केही वर्षयता भने फेरि सरकारले दिवस मनाउने र सार्वजनिक विदा दिने गर्दै आएको छ।

Photos-(16)-1705038715.jpeg

Photos-(10)-1705038712.jpeg

Photos-(13)-1705038713.jpeg

Photos-(8)-1705038711.jpeg

Photos-(14)-1705038713.jpeg

Photos-(5)-1705038711.jpeg

Photos-(9)-1705038711.jpeg

Photos-(3)-1705038711.jpeg

Photos-(12)-1705038713.jpeg

Photos-(11)-1705038712.jpeg

Photos-(18)-1705038715.jpeg

Photos-(15)-1705038714.jpeg

cover-1705038615.jpg

प्रकाशित मिति: ११:३७ बजे, शुक्रबार, पुस २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्