Kathmandu Press

रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु

रुसी सेनामा भर्ना भएका प्यूठान नगरपालिका ४ काठेवरका सोनु सुनारको रुस–युक्रेन युद्धका क्रममा मृत्यु भएको हो।
रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु

काठमाडौं, पुस २६ : रुसी सेनामा भर्ती भएका थप एक नेपाली युवाको मृत्यु भएको छ।

रुसी सेनामा भर्ना भएका प्यूठान नगरपालिका ४ काठेवरका सोनु सुनारको रुस–युक्रेन युद्धका क्रममा मृत्यु भएको हो।

Hardik ivf

प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्माले सुनारको रुस युक्रेन युद्धमा परी मृत्यु भएको खबर आएको जानकारी दिए।

रोजगारीको शिलशिलामा कतार पुगेका सुनार उतैबाट रुस गएर सेनामा भर्ति भएका थिए।

दुई साताअघि नै सुनारको युद्धमा परी मृत्यू भएको र हिजोमात्रै सुनारको मृत्युको खबर प्राप्त भएको छिमेकी खगेश्वर थापाले बताए। उनीसँगै घाईते भएका अन्य एक नेपाली युवाले सुनारको मृत्यू भएको खबर परिवारलाई दिएको थापाले जानकारी दिए।

प्रकाशित मिति: १९:२१ बजे, बिहीबार, पुस २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्