Kathmandu Press

नारायणगढ–बुटवल खण्डमा काम बल्ल अघि बढ्यो : मन्त्री ज्वाला

निकै सुस्त काम भइरहेको उक्त खण्डका बारेमा लगातार प्रश्न उठेपछि नक्सालमा बिहीबार उनले सञ्चारकर्मीसँग पछिल्लो अवस्थाबारे बोलेका हुन्। निर्माण कम्पनीलाई ठेक्का तोड्नेसम्मको दबाब दिएपछि अहिले कामले गति लिएको दाबी उनले गरे।  
नारायणगढ–बुटवल खण्डमा काम बल्ल अघि बढ्यो : मन्त्री ज्वाला

काठमाडौं, पुस २६ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामले बल्ल गति लिएको बताएका छन्। 

निकै सुस्त काम भइरहेको उक्त खण्डका बारेमा लगातार प्रश्न उठेपछि नक्सालमा बिहीबार उनले सञ्चारकर्मीसँग पछिल्लो अवस्थाबारे बोलेका हुन्। निर्माण कम्पनीलाई ठेक्का तोड्नेसम्मको दबाब दिएपछि अहिले कामले गति लिएको दाबी उनले गरे।  

Hardik ivf

मन्त्री ज्वालाले भने, ‘काम अगाडि नबढ्दा ठेक्का तोड्नेसम्मको पटक पटक पत्राचार पनि भएको छ, हामीले भेटेर पनि भनेका छौं। निकै धेरै दबाब दिएपछि अहिले कामले केही गति लिएको अवस्था छ। एकदम तीव्र त होइन, कमसेकम केही अगाडि बढेको छ। २७ महिना र ८ महिनाको प्रगति तुलना गर्दा पछिल्लो समय काम अगाडि बढेको छ। पहिला ५ प्रतिशत थियो भने अहिले ८ प्रतिशत भए पनि पुगेको छ।’

नारायणगढ–बुटवल र मुग्लिन–पोखरा खण्डको निर्माणलाई सरकारले उच्च प्राथमिकता राखेको उनले बताए। अहिले सबै काम ठप्प छ भन्ने गलत प्रचार बढिरहेको उनको गुनासो छ। 

मन्त्री ज्वालाले मुग्लिन–पोखरा खण्ड विस्तारका लागि दमौली क्षेत्रमा घरटहरा हटाउन केही बाँकी भए पनि अन्य स्थानमा समस्या समाधान भएको बताए।

प्रकाशित मिति: १८:०१ बजे, बिहीबार, पुस २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्