Kathmandu Press

बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 

बम्जनलाई मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरी सर्लाही लगेको थियो।
बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
Hardik ivf

काठमाडौं, पुस २६ : अनुयायीलाई यौन हिंसा गरेको आरोपमा मुद्दा चलाइएका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

बम्जनलाई मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरी सर्लाही लगेको थियो।

बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा आनीका रुपमा बसेकी रौटहटकी एक किशोरीले आफूमाथि बलात्कार गरेको किटानी जाहेरीका आधारमा मुद्दा दायर भएको थियो। पीडित भनिएकी किशोरीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा उजुरी दिएकी थिइन्। 

प्रकाशित मिति: १७:५९ बजे, बिहीबार, पुस २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्