Kathmandu Press

नारायणगढ-मुग्लि सडकको तुइन खोलामा पहाड काट्न म्याद थप

उक्त सडक खण्डमा पुल निर्माणको लागि पहाड काट्नु पर्ने काम भएको कारण दिनको ४ घण्टा यातायात नै बन्द गरेर पहाड काट्ने काम भई रहेको थियो। गत बर्ष देखि नै उक्त स्थानमा पहाड काट्ने काम भए पनि बिचमा रोकीएको थियो।
नारायणगढ-मुग्लि सडकको तुइन खोलामा पहाड काट्न म्याद थप

चितवन, पुस २६ : चितवनको नारायणगढ मुग्लि सडक खण्डको तुईन खोलामा पुल निर्माणको लागि पहाड काट्नका लागि म्याद थप गरिएको छ।

उक्त सडक खण्डमा पुल निर्माणको लागि पहाड काट्नु पर्ने काम भएको कारण दिनको ४ घण्टा यातायात नै बन्द गरेर पहाड काट्ने काम भई रहेको थियो। गत बर्ष देखि नै उक्त स्थानमा पहाड काट्ने काम भए पनि बिचमा रोकीएको थियो।

Hardik ivf

उक्त स्थानमा पुष ७ गते देखी १२ बजे देखि ४ बजे सम्म यातायात बन्द गरेर काम भई रहको थियो। उक्त स्थानमा २१ दिनमा १५ मिटर पहाड काट्न सफल भएको र पहाड काट्न अझ ३० दिन यातायात बन्द गरी काम गर्न म्याद थपको जिल्ला प्रसासन कार्यलयमा अनुरोध गरेको नागढुगा मुग्लीङ्ग सडक योजना पश्चिम खण्डका प्रमुख ईन्जीनियर केदार प्रसाद खनालले बताए।

करिब ६० मिटर पहाड मध्य हाल सम्म ३५ मिटर पहाड काट्ने काम भएको र अझ २० मिटर पहाड काट्न बाकी रहेको उहाले बताउनु भयो। नारायण मुगलिङ्ग सडक खण्डमा पहाड काट्ने कामको राम्रो प्रगति देखिएको कारण पहाड काट्नको लागि माघ २० गते सम्मको समय दिईएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।

उक्त पहाडमा कडा चट्टान भएको कारण कटान गर्न कठीन भएको छ। उक्त पहाड काट्न ३८ टन र २२ टनको ३ वटा हाईपावर रक ब्रेकर प्रयोग गरेर चट्टान काट्ने काम भई रहेको छ। उक्त सडक खण्डको १५ वटा पुल मध्य पहाड काट्ने काम नसकिएको कारण तुईन खोलामा पुलको काम शुरु हुन सकेको छैन्। 

प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, पुस २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्