Kathmandu Press

राष्ट्रिय भूकम्प सुरक्षा दिवस चन्द्रागिरी नगरपालीकामा मनाइने

दिवसका अवसरमा मूल समारोह समितिले आयोजना गर्ने उक्त कार्यक्रमका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएतको उपस्थीति रहने विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिए।
राष्ट्रिय भूकम्प सुरक्षा दिवस चन्द्रागिरी नगरपालीकामा मनाइने

काठमाडाैं, पुस २६ : राष्ट्रिय भूकम्प सुरक्षा दिवस यस वर्ष काठमाडौंको चन्द्रागिरी नगरपालीकामा मनाइने भएको छ।

१९९० माघ २ गते भूकम्प गएको सम्झनामा माघ २ गते चन्द्रागिरी नगरपालीकामा २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने भएको हो। शहरी विकास तथा भवन निर्माण विभागले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबर्षको दिवसको नारा स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔ रहेको जानकारी दिएको छ।

Hardik ivf

दिवसका अवसरमा मूल समारोह समितिले आयोजना गर्ने उक्त कार्यक्रमका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएतको उपस्थीति रहने विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिए।

कार्यक्रममा गृह मन्त्रालय, विभाग, काठमाडौँ महानगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सक्रियता रहने उनले बताए।

दिवसका अवसरमा तस्वीर प्रदर्शनी, र्याली गोष्टि लगाएतका कार्यक्रमको आयोजना समेत गरिएको श्रेष्ठले जानकारी दिए। उनले भूकम्पको जोखिमलाई न्यूनिकरण गर्न सचेतनाको कामलाई तीव्रता दिएको बताए।

भूकम्प प्रतिरोधात्मक संरचना बनाउन विभागका तर्फबाट आवश्यक प्राविधिक सहयोग हुने गरेको उहाले जानकारी दिए। 

प्रकाशित मिति: १७:३८ बजे, बिहीबार, पुस २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्