वनमन्त्री महतो र राष्ट्रसंघ खाद्य तथा कृषि संगठनका महानिर्देशकबीच भेटवार्ता
बिहीबार सिंहदरबारस्थित् वन तथा वातावरण मन्त्रालयमा भएको भेटवार्तामा नेपाल सरकार र एफएओबीच रहँदै आएको निरन्तर समन्वय, सहकार्य तथा साझेदारीलाई आगामी दिनमा पनि निरन्तरता दिनेबारे कुराकानी भएको थियो।
काठमाडाैं, पुस २६ : वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता भएको छ।
बिहीबार सिंहदरबारस्थित् वन तथा वातावरण मन्त्रालयमा भएको भेटवार्तामा नेपाल सरकार र एफएओबीच रहँदै आएको निरन्तर समन्वय, सहकार्य तथा साझेदारीलाई आगामी दिनमा पनि निरन्तरता दिनेबारे कुराकानी भएको थियो।
भेटवार्तामा एफएओका महानिर्देशक क्यू डोङग्यूले नेपाल तथा नेपाली जनताका लागि प्रत्यक्ष आर्थिक प्रतिफल हुने खालका नवीन कृषिवनका चीनमा भएका सफल उदाहरणहरु नेपालमा कार्यान्वयन गर्न सुझाव दिएका थिए।
आगामी दिनमा समेत दुई पक्षबीच वन, वातावरण तथा जलवायु परिवर्तनजस्ता क्षेत्रमा सहकार्य गर्नेबारे उनीहरुबीच छलफल भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा मन्त्री डा. महतोले विगत सात दशकदेखि एफएओ नेपालको विकास प्रयासमा महत्वपूर्ण साझेदार रहँदै आएको उल्लेख गरे।