विवाह लाइसेन्सको व्यवस्था आवश्यक : नेतृ राणा
लाइसेन्सको व्यवस्था भए सानै उमेरमा हुने विवाह रोक्न सकिन धारणा राणाको थियो। संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति समेत रहेकी उनले विवाह गर्नको लागि पहिले नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके बालविवाह र विवाहको नाटक गरेर चेलीवेटी बेचविखन गर्ने परिपाटी अन्त्य हुने बताइन्।
काठमाडौं, पुस २६ : नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन्।
ललितपुरमा भएको एक कार्यक्रममा नेतृ राणाले उक्त धारणा राखेकी हुन्। लाइसेन्सको व्यवस्था भए सानै उमेरमा हुने विवाह रोक्न सकिन धारणा राणाको थियो। संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति समेत रहेकी उनले विवाह गर्नको लागि पहिले नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके बालविवाह र विवाहको नाटक गरेर चेलीवेटी बेचविखन गर्ने परिपाटी अन्त्य हुने बताइन्।
विवाहको लागि लाइसेन्स लिन नागरिकता र अन्य कागजातहरु आवश्यक हुने र यस्ले गर्दा बालविवाह रोक्न यसले मद्दत गर्ने नेतृ राणाको भनाइ थियो। उक्त कार्यका लागि वडा तहदेखि कानुनी रूपमा नीति बनाउनुपर्ने आवश्यकता पनि उनले औंल्याइन्। नेतृ राणाका अनुसार धेरै देशहरूमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको छ। बालविवाह, महिला हिंसा, बलात्कार जस्ता विकृतिहरू रोक्नको लागि कानुन नै एकमात्र विकल्प हुनसक्ने पनि उनले बताइन्।
कार्यक्रममा नेतृ राणाले भनिन् , ‘हाम्रो समाजमा विवाह दर्ता गर्ने प्रचलन छ। विवाह दर्ता गरेन भने कतिपय कुराहरू हामीले पाउँदैनौं। विवाहको लागि लाइसेन्स लिने प्रक्रिया राम्रो हुन्छ। यो वडामा नै ल्याउन सकिन्छ। यो एउटा चलन किन सुरु नगर्ने त ?’ विवाह दर्ता गनुभन्दा पहिला नै लाइसेन्स लिनका लागि नागरिकता चाहिने भएका कारण यस्तो व्यवस्था भएका खण्डमा माया वा प्रलोभनमा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिने उनले बताइन्। ‘त्यसपछि विवाह गर्छु भनेर भगाएर बेच्ने परम्परा पनि रोकिन सक्छ,’ राणाको भनाई थियो।












