Kathmandu Press

बलात्कार पीडितको फोटो सार्वजनिक गर्ने कार्यकर्तामाथि रास्वपाको कारबाही   

पीडित युवतीको भन्दै सामाजिक सञ्जालमा तस्बिर हाल्ने कार्यमा संलग्न भएको आरोपमा दिवश सापकोटालाई निलम्बन गरिएको रास्वपाले जनाएको छ। सापकोटा चितवन निवासी हुन्।
बलात्कार पीडितको फोटो सार्वजनिक गर्ने कार्यकर्तामाथि रास्वपाको कारबाही   

काठमाडौं, पुस २६ : क्रिकेटर सन्दीप लामिछानेबाट पीडित किशोरी ‘गौशाला २६’ भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्ने आफ्ना एक कार्यकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बन गरेको छ।

पीडित युवतीको भन्दै सामाजिक सञ्जालमा तस्बिर हाल्ने कार्यमा संलग्न भएको आरोपमा दिवश सापकोटालाई निलम्बन गरिएको रास्वपाले जनाएको छ। सापकोटा चितवन निवासी हुन्।

Hardik ivf

सापकोटाले गौशालाको २६ को भन्दै सामाजिक सञ्जाल फेसबुक र एक्समा एकजना युवतीका ३ वटा तस्बिर सार्वजनिक गरेका थिए। उनले पीडित किशोरीप्रति कटाक्ष समेत गरेका थिए। 

जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारी ठहर गर्दै आठ बर्ष जेल सजाय गरेको थियो। कारबाहीमा परेका सापकोटा नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समिति सदस्य रहेको जनाइएको छ।

‘प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौँ,’ रास्वपाले सूचना जारी गर्दै भनेको छ।
 
प्रकाशित मिति: १५:१६ बजे, बिहीबार, पुस २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्