Kathmandu Press

बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराइयो

यसअघि जिल्ला अदालत सर्लाहीले बम्जनलाई पक्राउ पुर्जी जारी गरेको थियो। सोही अनुरुप उनलाई सर्लाही जिल्ला अदालतमा हाजिर गराइएको हो।
बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराइयो

सर्लाही, पुस २६ : बूढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनलाई सर्लाहीस्थित जिल्ला अदालतमा उपस्थित गराइएको छ।

बम्जनलाई बुधबार राति काठमाडौंबाट सर्लाही लगिएको थियो। यसअघि जिल्ला अदालत सर्लाहीले बम्जनलाई पक्राउ पुर्जी जारी गरेको थियो। सोही अनुरुप उनलाई सर्लाही जिल्ला अदालतमा हाजिर गराइएको हो।

Hardik ivf

बम्जनमाथि आश्रममा रहेका चार युवती बेपत्ता बनाएको र यौन हिंसा गरेको आरोप छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बमजनलाई मंगलबार बेलुका काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको थियो।

बम्जनलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि थुना म्याद दिएर प्रहरी हिरासतमा राखिने छ।  
 

प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, पुस २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्