Kathmandu Press

बहुमतीय प्रक्रियाबाटै भएपनि टीआरसी विधेयकलाई टुंग्याउन एमालेको प्रस्ताव

विधेयक निर्माणको प्रक्रिया अनुसार एमाले अगाडि बढ्ने बताउँदै उनले त्यसमा एमालेले अवरोध नगर्ने उल्लेख गरे। उनले टिआरसी विधेयकमा एमालेले अवरोध गरिराखेको छ भनेर प्रचार नगर्न पनि आग्रह गरे।
बहुमतीय प्रक्रियाबाटै भएपनि टीआरसी विधेयकलाई टुंग्याउन एमालेको प्रस्ताव

काठमाडौं, पुस २६ : सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक (टीआरसी)लाई बहुमतीय प्रक्रियाबाट भएपनि टुंगो लगाउने प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको छ।

कानुन, न्याय तथा मानवअधिकार समितिको बिहीबार बसेको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले सके सहमतिबाट र नभए बहुमतीय प्रक्रियाबाट टिआरसी विधेयकलाई टुंग्याउने प्रस्ताव गरेका हुन्।

Hardik ivf

विधेयक निर्माणको प्रक्रिया अनुसार एमाले अगाडि बढ्ने बताउँदै उनले त्यसमा एमालेले अवरोध नगर्ने उल्लेख गरे। उनले टिआरसी विधेयकमा एमालेले अवरोध गरिराखेको छ भनेर प्रचार नगर्न पनि आग्रह गरे।

‘विधेयक निर्माणको प्रक्रियामा हामीले हाम्रा विषय राख्छौं होला तर एमालेले रोकिराख्या छ भनेर जे प्रचार गर्न खोजिएको छ त्यो गलत हुन्छ’, उनले भने, ‘आफूहरु प्रमुख प्रतिपक्षी दल भएकाले आफूहरुले देशका, जनताका, पीडितका र समग्र शान्ति प्रक्रियाको विषय उठाएको छौं। त्यसलाई विधेयक निर्माणमा अवरोध गरेको भनेर नबुझौं।’

सचेतक बर्तौलालले विगतमा टाउकाको मूल्य तोक्ने र तोकिमाग्नेहरु सरकारमा रहेकाले मिलिजुली कानुन बनाए भन्ने सन्देश नजाओस् भन्नेतर्फ आफूहरु सचेत रहेको उल्लेख गरे।

प्रकाशित मिति: ११:५७ बजे, बिहीबार, पुस २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्