Kathmandu Press

सत्ता गठबन्धनले निर्वाचनलक्षित प्रदेश र जिल्ला समिति गठन गर्ने

गठबन्धनले केन्द्रीय समन्वय समितिको संयोजकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई तोकेको छ।
सत्ता गठबन्धनले निर्वाचनलक्षित प्रदेश र जिल्ला समिति गठन गर्ने

काठमाडौं, पुस २५ : सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनलक्षित सातवटै प्रदेश र ७७ वटै जिल्लामा प्रदेश र जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।

गठबन्धनले केन्द्रीय समन्वय समितिको संयोजकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई तोकेको छ।

Hardik ivf

गठबन्धनद्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति–२०८० को बुधबार बसेरको बैठकले यस्तो निर्णय गरेको हो।

पहिलो बैठकले समितिको संयोजकमा लेखकलाई चयन गर्दै सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति–२०८० र ७७ वटै जिल्लामा राष्ट्रिय सभा निर्वाचन जिल्ला समन्वय समिति–२०८० गठन गर्ने निर्णय गरेको हो।

यसअघि मंगलबार बसेको गठबन्धन बैठकले आफ्ना उम्मेदवारलाई जिताउन ४ सदस्यीय समन्वय समिति गठन गरेको थियो।

समितिमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादीबाट नेता वर्षमान पुन, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र जसपाका प्रवक्ता मनीष सुमन छन्।

 

प्रकाशित मिति: १९:४६ बजे, बुधबार, पुस २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्