Kathmandu Press

नक्कली लाइसन्स प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

छानविनका क्रममा बुधबार अख्तियारको टोलीले यातायात व्यवस्था विभागमा पुगेको छ। अख्तियारको टोली विभाग आएको महानिर्देशन उद्धवप्रसाद रिजालले बताए।
नक्कली लाइसन्स प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं, पुस २५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाखभन्दा बढी नक्कली लाइसेन्स बाँडिएको विषयमा छानबिन थालेको छ।

छानविनका क्रममा बुधबार अख्तियारको टोलीले यातायात व्यवस्था विभागमा पुगेको छ। अख्तियारको टोली विभाग आएको महानिर्देशन उद्धवप्रसाद रिजालले बताए।

Hardik ivf

थप अनुसन्धनका लागि अख्तियारको टोली फेरि विभाग आउने उनले बताए।

अख्तियारको टोलीले लाइसेन्स वितरण प्रक्रियाको सफ्टवेयर र त्यसको डाटाबेसको वारेमा विस्तृत विवरण बुझेको छ। सफ्टवेयरमा पहुँच हुनेहरुको पहिचान, उनीहरुको भूमिका र उनीहरुमाथि निगमन गर्नेको कामकारवाहीवारे टोलीले जानकारी लिएको हो।

विभागले लाइसेन्स वितरणमामा भएको अनियमितताबारे गरेको अध्ययन प्रतिवेदन मन्त्रालयमा पठाइसकेको छ  त्यो प्रतिवेदन पाएको अख्तियारले थप अध्ययन गर्न मन्त्रालयलाई समेत निर्देशन दिइसकेको छ।

प्रकाशित मिति: १९:४१ बजे, बुधबार, पुस २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्