Kathmandu Press

प्रधानमन्त्री दाहाल माघ ५ गते युगाण्डा भ्रमणमा जाने

मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय बुधबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले उक्त जानकारी दिएकी हुन्।
प्रधानमन्त्री दाहाल माघ ५ गते युगाण्डा भ्रमणमा जाने
Hardik ivf

काठमाडौं, पुस २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी माघ ५ गते युगाण्डा भ्रमणमा जाने भएका छन्। 

मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय बुधबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले उक्त जानकारी दिएकी हुन्। प्रधानमन्त्री प्रचण्डले युगाण्डाको राजधानी कम्पालामा माघ ५–६ मा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं सम्मेलनमा भाग लिनेछन्।

त्यसअघि माघ ३–४ मा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र माघ १-२ मा हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय समेत भएको जनाइएको छ।
 

प्रकाशित मिति: १७:१९ बजे, बुधबार, पुस २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्