Kathmandu Press

एमालेले एकीकृत समाजवादीलाई शून्यमा झार्ने प्रयास गरेको छ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ल कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा नेकपा समाजवादीलाई पाखा लगाएर सिटको बाँडफाँट गर्ने प्रयास केपी ओलीले गरेको बताएका हुन्। प्रचण्डसंग भेटेर ओलीले एमालेलाई ६ सिट मागेको उनले बताए।
एमालेले एकीकृत समाजवादीलाई शून्यमा झार्ने प्रयास गरेको छ : अध्यक्ष नेपाल

काठमाडाैं, पुस २५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी राष्ट्रियसभाको निर्वाचनमा एमालेले आफ्नो पार्टीलाई शुन्यमा झार्ने प्रयास गरेको बताएका छन्।

नेकपा एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ल कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा नेकपा समाजवादीलाई पाखा लगाएर सिटको बाँडफाँट गर्ने प्रयास केपी ओलीले गरेको बताएका हुन्। प्रचण्डसंग भेटेर ओलीले एमालेलाई ६ सिट मागेको उनले बताए।

Hardik ivf

उनले एमालेको मति अझै सुध्रन नरहेको भन्दै कम्युनिष्टहरु मिलुन् मात्रै भनेर नहुने तर्क गरे। अध्यक्ष नेपालले अर्थतन्त्र सुधार लगाएतका समस्या समाधान गर्दै मुलुकलाई अघि बढाउन प्रधानमन्त्रीलाई आवश्यक सुझाव दिएको बताए। उनले काम गर्ने मुख्य भूमिका रहेकाले प्रधानमन्त्रीले सुझावका आधारमा सुधारका काम  गर्न सक्नुपर्ने धारणा राखे।

उहाले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने भन्दै यसप्रतिको आघात स्वीकार्य नहुने बताए। 

प्रकाशित मिति: १६:४० बजे, बुधबार, पुस २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्