Kathmandu Press

अभिनेता पंकज त्रिपाठीका रोचक तीन किस्सा

‘मेरो गाउँका बालबालिकाहरु निकै बदमास थिए। तीमध्ये एक बालकले मलाई नदीमा बग्ने कालो किरा खान सकेमा आफूलाई पौडिन आउने सल्लाह दियो। मैंले त्यसै गरें। मैले झण्डै १० देखि १२ वटा किरा खाएँ। धन्न मेरो पेट खराब भएन। कीरा खाए पनि मैले पौडिन जानिनँ।'
अभिनेता पंकज त्रिपाठीका रोचक तीन किस्सा

मुम्बई (एजेन्सी), पुस २५ : बलिउड अभिनेता पंकज त्रिपाठीको जन्म भारतको बिहारस्थित गोपालगञ्ज जिल्लाको बेलसण्ड गाउँमा भएको हो। उनले बाल्यकाल गाउँमै बिताए। उनले हालै एक अन्तरवार्तामा आफ्ना युवावस्थाका तीन रोचक किस्सा सुनाएका छन्। 

युवतीलाई आकर्षित गर्न साइकल स्टण्ट

Hardik ivf

पंकज सानैदेखि साइकलको सौखिन थिए। यहीकारण उनी युवतीलाई आफूतिर आकर्षित गर्न साइकलको स्टण्ट गर्थे। ‘कक्षा ७ वा ८ मा पढ्दाको कुरा हो। गाउँमा एक युवा थिए, जो साइकलमा स्टण्ट गर्थे। उ स्कुलमा हुने स्लो रेसको विजेता पनि थियो। उ युवतीबिच निकै लोकप्रिय थियो। त्यही देखेर मैंले पनि साइकलको स्टण्ट गर्न सिकें। म साइकलको स्टण्ट सिकेर आगामी वर्षको विजेता बन्न चाहन्थें। तर त्यसो हुन सकेन’, उनले भनेका छन्।

पौडी सिक्न किरा सेवन

उनको पौडीवाला किस्सा झन रोचक छ। उनका अनुसार पंकजको घर पछाडि एउटा नदी थियो, जहाँ उनी पौडी सिक्न चाहन्थे। ‘मेरो गाउँका बालबालिकाहरु निकै बदमास थिए। तीमध्ये एक बालकले मलाई नदीमा बग्ने कालो किरा खान सकेमा आफूलाई पौडिन आउने सल्लाह दियो। मैंले त्यसै गरें। मैले झण्डै १० देखि १२ वटा किरा खाएँ। धन्न मेरो पेट खराब भएन। कीरा खाए पनि मैले पौडिन जानिनँ,' पंकज सम्झन्छन्।

थर परिवर्तन

उनको वास्तविक नाम पंकज तिवारी थियो। उनका गाउँमा धेरै तिवारी वा पुजारी वा किसान थिए। उनको एक काकाको थर त्रिपाठी थियो, जो सरकारी जागिरे थिए। अर्का एक बाबा थिए, जसको थर पनि त्रिपाठी थियो। ती बाबा हिन्दीका प्रोफेसर थिए।
‘जब म १० कक्षाको एडमिट कार्ड भर्दै थिएँ, त्यो बेला मैंले पनि आफ्नो नामको पछाडि त्रिपाठी थपें। किनकी मलाई पुजारी या किसान बन्नु थिएन। त्यसपछि मैंले आफ्नो र पछि पिताको थर पनि फेरिदिएँ’, पंकज भन्छन्।

पंकज आगामी फिल्म ‘में अटल हुँ’मा देखिँदैछन्। यो फिल्म यही जनवरी १९ मा रिलिज हुँदैछ। फिल्ममा उनी भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिकामा देखिँदैछन्। (स्रोत : दैनिक भाष्कर)
 

प्रकाशित मिति: १६:०९ बजे, बुधबार, पुस २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्