Kathmandu Press

बम्जनलाई आजै सर्लाही लगिने, बलात्कार र बालिकामाथि यौन शोषण मुद्दा अघि बढ्ने

२०७१ साउनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा आनीका रूपमा रहेकी एकजनालाई बलात्कार गरेको आरोपमा चलेको मुद्दा अहिले जिल्ला अदालत सर्लाहीमा विचाराधीन छ।
बम्जनलाई आजै सर्लाही लगिने, बलात्कार र बालिकामाथि यौन शोषण मुद्दा अघि बढ्ने

काठमाडौं, पुस २५ : मंगलबार राति बुढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सर्लाही लैजाने भएको छ। उनलाई जहाजबाट जनकपुर हुँदै सर्लाही लगिने भएको हो।  

बम्जनलाई समयले भ्याएसम्म आजै सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी छ। उनीविरुद्धको मुद्दा जिल्ला अदालत सर्लाहीमा अघि बढ्ने भएको छ। २०७१ साउनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा आनीका रूपमा रहेकी एकजनालाई बलात्कार गरेको आरोपमा चलेको मुद्दा अहिले जिल्ला अदालत सर्लाहीमा विचाराधीन छ।

Hardik ivf

उनीविरुद्ध बलात्कार तथा बाल यौन शोषण गरेको आरोप छ। बाराको निजगढ नगरपालिका, वडा नं १२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको सिआइबीले जनाएको छ। त्यसयता फरार रहेका बम्जनलाई काठमाडौंबाट पक्राउ गरिएको हो। प्रहरी आएको चाल पाएपछि उनी चार तला माथिबाट हाम्फालेर भाग्न खोजेका थिए।

 

प्रकाशित मिति: १६:०१ बजे, बुधबार, पुस २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्