Kathmandu Press

स्वास्थ्य विमाबारे ललितपुर महानगर र प्रतिष्ठानबिच सम्झौता

धबार महानगरबासीलाई स्वास्थ्य बीमासहितको सेवा उपलब्ध गराउनेबारे सम्झौता भएको हो। 
स्वास्थ्य विमाबारे ललितपुर महानगर र प्रतिष्ठानबिच सम्झौता

काठमाडौं, पुस २५ : ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेबारे समझदारी पत्रमा सम्झौता भएको छ। बुधबार महानगरबासीलाई स्वास्थ्य बीमासहितको सेवा उपलब्ध गराउनेबारे सम्झौता भएको हो। 

महानगरपालिकाले शुरु गरेको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा महानगरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरेर स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउन उक्त सम्झौता गरेको हो। कार्यक्रम आगामी फागुन १ गतेबाट पूर्ण रुपमा कार्यान्वयनमा जाने महानगरले जनाएको छ। 

Hardik ivf

सम्झौता पत्रमा प्रतिष्ठानका तर्फबाट रजिष्ट्रार प्राडा. पारसकुमार आचार्य र नगर प्रमुख चिरिबाबु महर्जनले हस्ताक्षर गरे। सम्झौता पत्रमा हस्ताक्षरपछि खुसी व्यक्त गर्दै आचार्यले महानगरका राम्रा कार्यक्रमलाई समर्थन गर्ने उद्देश्यले प्रतिष्ठानले महानगरको स्वास्थ्य बीमा कार्यक्रमलाई अझ सुदृढ र सशक्त बनाउन भूमिका निर्वाह गर्ने बताए। उनले नगरबासीलाई प्रतिष्ठानले विशेषज्ञ सेवा घरमै उपलब्ध गराउन आफूहरु प्रतिवद्ध रहेको समेत उल्लेख गरे। 

यस्तै प्रमुख महर्जनले सरकारले देशभर लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नदेखिएकै कारण महानगरमा सो कार्यक्रम ढिलागरी सुरु गरेको प्रस्ट्याए।  महर्जनले भने,‘राष्ट्रिय बीमा पोलेसी अपनाउन हामी सुरुमा अलिकति शसंकित थियौं। यो बारेमा धेरै नकरात्मक कुराहरु आइरहेको थियो। सात सय ५३ पालिका मध्येमा हामी सात सय ५० औं पालिका हुन पुग्यौं। यहाँसम्म आइपुग्दा हामीले एकदमै राम्रो पार्टनर भेट्टायौं र हिजोको जतिपनि नकारात्मक कुराहरु आइरहेको थियो त्यसलाई वास्ता गर्नुपर्ने आवश्यकता देखिएन।’  

देशभरका ७ सय ५३ स्थानीय पालिकामा बीमा कार्यक्रम लागू गर्नेमा ललितपुर महानगर १ सय ५० औं स्थानमा पर्छ। अब स्वास्थ्य बीमा कार्यक्रम लागू गराउन तीनओटा स्थानीय पलिका मात्रै बाँकी छन्। तर, मर्हजनले स्थानीय सरकारले प्रतिष्ठानसँग सहकार्य गरेर काम गर्दा विमा कार्यक्रम अझ बढी प्रभावकारी हुने बताए। त्यसलाई आफूहरुले सावित गरेर देखाउने उनले जनाए। 

कार्यक्रममा महर्जनले महानगरभित्र सामाजिक र स्वास्थ्य क्षेत्रमा हुनुपर्ने जति काम अझै गर्न नसकिएको स्वीकार्दै अब सामाजिक र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने उल्लेख गरे। ललितपुर महानगरभित्र रहेका स्वास्थ्यकर्मीहरुको कामको प्रशंसा गर्दै महर्जनले उनीहरुलाई पाटन अस्पतालसँगको सहकार्यमा थप प्राविधिक पक्षमा निपूर्ण गराउनका लागि आवश्यक कार्य गर्ने जानकारी गराए। 
 

प्रकाशित मिति: १४:४४ बजे, बुधबार, पुस २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्