बमजनको घरबाट बरामद ३ करोड रुपैयाँ र विदेशी मुद्रा सार्वजनिक
बमजनको घरबाट बरामद पैसा प्रहरीले सार्वजनिक समेत गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बम्जनलाई मंगलबार पक्राउ गरेको थियो।
काठमाडौं, पुस २५ : हत्या र यौनहिंसाको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ।
बमजनको घरबाट बरामद पैसा प्रहरीले सार्वजनिक समेत गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बम्जनलाई मंगलबार पक्राउ गरेको थियो।
बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको सीआईबीले जनाएको छ। बुधबार पत्रकार सम्मेलनमार्फत बरामद रकमसहित बम्जनको घरबाट बरामद पैसा, मोबाइल, ल्यापटप र महत्त्वपूर्ण कागजातसमेत सार्वजनिक गरिएको छ।
बमजनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता तथा यौनहिंसा गरेको आरोपसहित परेको उजुरीका आधारमा प्रहरीले फत्राउ गरेको हो। आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ। सिआइवीले बमजन बस्ने आश्रममा ४ असार २०७७ मा छापा मारेको थियो। त्यतिबेलैदेखि उनी लुकेर बसेका थिए।












