Kathmandu Press

तनहुँ जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या दुई पुग्याे

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नम्बरको जिप दुर्घटना हुँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको हो।
तनहुँ जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या दुई पुग्याे

दमौली, पुस २५ : तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा आज भएको जिप दुर्घटनामा मृतकको सङ्ख्या दुई पुगेको छ।

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नम्बरको जिप दुर्घटना हुँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको हो।

Hardik ivf

जिल्ला प्रहरी कार्यालयका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको हो। 

सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको जिपमा सवार दुवै जनालाई घाइते अवस्थामा उपचारका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा दशजना घाइते भएका छन्। 

प्रकाशित मिति: १४:०४ बजे, बुधबार, पुस २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्