Kathmandu Press

भारतको २० करोड स्विकार्नु राष्ट्रघाती काम हो : महेश बर्तौला

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले नेपालको बजेटको व्यवस्थाभन्दा बाहिरबाट आउने कुनैपनि बजेट स्विकार्ने कुरा राष्ट्रघाती भएको बताए।
भारतको २० करोड स्विकार्नु राष्ट्रघाती काम हो : महेश बर्तौला

काठमाडौं, पुस २५ : नेकपा एमालेका सचेतक महेश बर्तौलाले भारतीय दूतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको बताएका छन्।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले नेपालको बजेटको व्यवस्थाभन्दा बाहिरबाट आउने कुनैपनि बजेट स्विकार्ने कुरा राष्ट्रघाती भएको बताए। 

Hardik ivf

उनले भने,‘कुनै देशले आफूले चाहेको योजनामा प्रधानमन्त्रीले जसरी भनेपनि सम्बन्धीत देशले आफूले इच्छा गरेको योजनामा पालिकाबाट सिफारिस लिएर टुङ्गाउने भन्ने कुरा नेपालको बजेटको व्यवस्था होइन्। त्यसकारण संसदले यो कुरा थाहा पाउनुपर्छ।

नेपालको बजेटको व्यवस्थाभन्दा बाहिरबाट आउने कुनैपनि बजेट स्विकार्ने कुरा राष्ट्रघात हो। अरु देशले भोलि माग्यो भने के गर्ने ? अरु देशलाई यसरी दिन सक्छौं कि सक्दैनौ ? यसरी जाने हो भने राष्ट्रिय सुरक्षा के हुन्छ, परराष्ट्र नीति के हुन्छ ? यस्तो गम्भीर विषयमा सरकारले हल्का तरिकाले लिएर हुदैँन्।’ 

उनले नेपाल सरकारले नेपालको चार किल्लाभित्र एक रुपंैया खर्च गर्न पनि सांसदको अनुमति लिनुपर्ने बताए। उनले भने, ‘सम्झौता गरेपछि त्यसबारे जानकारी गराउन खबरदारी गरेपछि मात्रै सरकार संसद र समितिमा आउने गरेको छ। यो उल्टो बाटो हो। पहिला संसद र समितिमा छलफल गरेर टुङ्गाएर मात्रै सम्झौतामा जानपर्छ। आगामी दिनमा सरकारले यसबारे ध्यान दिन यहीबाट माग गर्न चहान्छु।’   

उनले सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको भन्दै यो सम्झौताले नेपालको स्वाधिनता, सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रति बेइमानी गरेको बताए। 
 

प्रकाशित मिति: १३:५९ बजे, बुधबार, पुस २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्