संसदीय समितिद्वारा सन्धि सम्झौताहरुको विवरण माग
समितिले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गरेको छलफलपछि उक्त निर्देशन दिएको हो। समितिमा पुगेको प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरले यही पुस १९ गते गरेको नेपाल भ्रमणको बेला दुई देशबीच भएका सम्झौताबारे जानकारी गराएका थिए।-(5)-1704873469.jpeg)
काठमाडौं, पुस २५ : संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले सन्धि ऐन अनुरुप नेपाल पक्ष राष्ट्र पक्ष भई गरेका सन्धि सम्झौताहरुको सम्पूर्ण विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।
समितिले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गरेको छलफलपछि उक्त निर्देशन दिएको हो। समितिमा पुगेको प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरले यही पुस १९ गते गरेको नेपाल भ्रमणको बेला दुई देशबीच भएका सम्झौताबारे जानकारी गराएका थिए।
छलफलपछि नेपाल सरकार पक्ष राष्ट्र भई गरेका सन्धि सम्झौताहरुको सम्पूर्ण विवरण कानुन तथा संसदीय मामिला मन्त्रालयमार्फत् माग गर्ने निर्णय भएको हो। समितिले भारतीय विदेशमन्त्री एस जयशंकरले हालै गरेको नेपाल भ्रमणको क्रममा दुई देश बीच भएका सम्झौताको पूर्णरुप सात दिन भित्र उपलब्ध गराउन समेत भनेको छ।
विभिन्न मुलुकहरु वा अन्तर सरकारी संघ संगठनहरुसँग भएका सन्धि सम्झौताहरु, सम्झौता भएका मिति र सम्झौताको अवस्था, संसदले अनुमोदन गरेका वा अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण उपलब्ध गराउन सरकारलाई निर्देशनमा भनिएको छ।












